काठमाडाैँ, कार्तिक १८
क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
अदालको आदेशसँगै उनलाई केन्द्रीय कारागार जगन्नथादेवल पठाइने भएको छ । बलात्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
न्यायाधीश घिमिरेको इजलासले आदेश दिएसँगै केन्द्रीय कार्यालय जगन्नाथदेवल पठाइने भएको छ । भदौ ५ गते राति एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटलमा बलात्कार गरेको आरोप सन्दीपमाथि छ । सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।
सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । हिजो बहस नसकिएपछि आजका लागि हेर्दहेर्दैमा राखिएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।