बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस सकियो, केहीबेरमा आदेश आउने

सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस सकियो, केहीबेरमा आदेश आउने

मेगा खबर संवाददाता

१८, कार्तिक २०७९
  • 1.5K
    SHARES

  • सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस सकियो, केहीबेरमा आदेश आउने

    काठमाडाैँ, कार्तिक १८

    सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस सकिएको छ ।

    कात्तिक १४ गते सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो ।

    हिजो बहस नसकिएपछि आजका लागि हेर्दहेर्दैमा राखिएको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले आज नै थुनछेक आदेश दिनेछ ।

    भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहानसम्ममा एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । ​

     

    शुक्रवार, कार्तिक १८ २०७९०२:२०:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार