काठमाडाै, कार्तिक १६
क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि आज मुद्दा हेर्दाहेर्दैमा अर्कोदिनको लागि राखिएको छ ।
आजको बहसमा प्रतिवादी सन्दीपको तर्फबाट रोशनी पौडेल, मुरारी सापकोटासहित वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी,अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका थिए ।
हिजो साँझ अबेरसम्ममा सन्दीपको बयान लिइएको थियो । हिजो साँझसम्ममा बयान लिएर सकाएपछि सन्दीप विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेर आज थुनछेक बहस भएको छ । १७ वर्षीय नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो ।
२४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबर्जस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।