बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

इन्जुरी समयमा गोल गर्दै इंग्लिस क्लब टोटनहम हटस्पर्स च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

इन्जुरी समयमा गोल गर्दै इंग्लिस क्लब टोटनहम हटस्पर्स च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

मेगा खबर संवाददाता

१६, कार्तिक २०७९
  • 2.0K
    SHARES

  • इन्जुरी समयमा गोल गर्दै इंग्लिस क्लब टोटनहम हटस्पर्स च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

    इन्जुरी समयमा गोल गर्दै इंग्लिस क्लब टोटनहम हटस्पर्स च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । 


    मंगलबार राति भएको खेलमा फ्रेन्च क्लब मार्सेलाई २–१ गोल अन्तरले पराजित गरेपछि स्पर्स समूह डीको विजेता बन्दै नटआउट चरणमा प्रवेश गरेको हो । प्रतियोगिताबाट बाहिरिने संघारमा रहेको स्पर्सका लागि पिएरे एमिल होजबर्गले खेलको ९५ औँ मिनेटमा गोल गर्दै जीत दिलाए ।

    यसअघि पहिलो हाफको इन्जुरी समयमा चान्सेल एम्बेम्बाले गोल गर्दै फ्रेन्च टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवातमा नै क्लेमेन्ट लेङलेटले स्पर्सका लागि गोल गर्दै खेल बराबरी गरेका थिए ।

    समुहको अर्को खेलमा फ्राङ्कफर्टले स्पोर्टिङ लिजबनलाई उसैको घरेलु मैदानमा २–१ ले हराउँदै अन्तिम १६ मा स्थान बनायो । समूहमा स्पर्स ११ अंक बटुल्दै शीर्ष स्थानमा रह्यो भने फ्राङ्कफर्ट १० अंकसहित दोस्रो बन्यो ।

     

    बुधवार, कार्तिक १६ २०७९०९:०५:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार