बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सन्दीप लामिछानेको बयान जारी, आज थुनछेक बहस नहुने

सन्दीप लामिछानेको बयान जारी, आज थुनछेक बहस नहुने

मेगा खबर संवाददाता

१५, कार्तिक २०७९
  • 1.9K
    SHARES

  • सन्दीप लामिछानेको बयान जारी, आज थुनछेक बहस नहुने

    काठमाडाैँ, कार्तिक १५

    नाबालिग बलात्कारको कसुरमा प्रहरी हिरासतमा भएका क्रिकेटर सन्दीप लामिछानेको बयान काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा जारी छ ।

    आज बिहान ११:३० बजेदेखि सुरु भएको बयान समाचार तयार पार्दासम्म जारी छ । १७ वर्षकी किशोरीलाई होटलमा पुराएर जबरजस्ती करणी गरेको कसुरमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान लामिछाने असोज २० गते पक्राउ परेका थिए । भदौ ६ गतेको बिहानै पिंगलास्थानमा रहेको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै किशोरीले भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

    भदौ ६ गते साँझ क्रिकेट खेल्नका लागि केन्या पुगेका लामिछाने त्यसपछि क्यारेबियन प्रिमियर लिग खेल्न पुगेका थिए । समयमा उनीविरुद्ध जबरजस्ती करणीको जाहेरी परेपछि खेल नखेली फरार भएका थिए । लामिछाने फरार भएपछि प्रहरीले उनीविरुद्ध डिफुयुजन नोटिस जारी गरे । पक्राउ पर्ने डरले उनी नेपाल फर्किएका थिए । नेपाल फर्किए लगत्तै उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

     प्रहरीले अनुसन्धान सकाएपछि हिजो मात्रै सन्दीपविरुद्ध नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदावी लिई मुद्दा दायर गरिएको थियो ।

    बयान अझै जारी रहेकाले आज थुनछेक बहस नहुने भएको छ । थुनछेक बहसमा पहिले वादीका तर्फबाट सरकारी वकिल पक्ष र अन्य अधिवक्ता भएमा उनीहरुले बहस गर्नेछन् । त्यसपछि प्रतिवादी लामिछानेका तर्फबाट कानुनी सहायता गरिरहेका अधिवक्ताहरुले सन्दीपको पक्षमा बहस गर्नेछन् ।

    आवश्यक देखिएमा पछि पुनः सरकारी वकिल पक्षले बहस गरेपछि सन्दीपलाई पुर्पक्षमै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने हो कि धरौटीमा राखेर मुद्दाको सुनुवाइ गर्ने भन्ने विषयमा आदेश हुनेछ ।

     

     

    मंगलवार, कार्तिक १५ २०७९०४:५७:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार