बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा, आजै थुनछेक बहस हुने

सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा, आजै थुनछेक बहस हुने

मेगा खबर संवाददाता

१५, कार्तिक २०७९
  • 1.3K
    SHARES

  • सन्दीप लामिछानेको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा, आजै थुनछेक बहस हुने

    काठमाडाैँ, कार्तिक १५

    नाबालिग बलात्कारको कसुरमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेको बयान न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा जारी छ ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा यतिबेला सन्दीपको बयान जारी नै रहेको छ । १७ वर्षकी किशोरीलाई होटलमा पुराएर जबरजस्ती करणी गरेको कसुरमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने असोज २० मा पक्राउ परेका थिए ।

    भदौ ६ गतेको बिहानै पिंगलास्थानमा रहेको होटल काठमाडौं इनमा बलात्कार गरेको भन्दै किशोरीले भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी समेत दिएकी थिइन् । भदौ ६ गते साँझ क्रिकेट खेल्नका लागि केन्या पुगेका लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्न पुगेका थिए ।

    उनीविरुद्ध जबरजस्ती करणीको जाहेरी परेपछि खेल नखेली फरार भएका थिए । लामिछाने फरार भएपछि प्रहरीले उनीविरुद्ध डिफुयुजन नोटिस जारी गरेको थियो । त्यसपछि पक्राउ पर्ने डरले उनी नेपाल फर्किएका थिए । नेपाल फर्किएलगत्तै उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरिएको थियो । प्रहरीले अनुसन्धान सकाएपछि हिजो मात्रै सन्दीपविरुद्ध नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिब क्षतिपूर्तिको मागदावी लिई मुद्दा दायर गरिएको थियो ।

    अदालतमा मुद्दा दायर भएपछि मंगलबार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उनको बयान लिने क्रम जारी छ । खाजा समय अगाडि बयान सकिएमा त्यसपछि थुनछेक बहस सुरु गर्ने तयारी भएको छ । थुनछेक बहसमा पहिले वादीका तर्फबाट सरकारी वकिल पक्ष र अन्य अधिवक्ता भएमा उनीहरुले बहस गर्नेछन् । लामिछानेका तर्फबाट कानुनी सहायता गरिरहेका अधिवक्ताहरुले सन्दीपको पक्षमा बहस गर्नेछन् ।

    आवश्यक देखिएमा पछि पुनः सरकारी वकिल पक्षले बहस गरेपछि सन्दीपलाई पुर्पक्षमै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने हो कि धरौटीमा राखेर मुद्दाको सुनुवाइ गर्ने भन्ने विषयमा आदेश हुनेछ ।

    मंगलवार, कार्तिक १५ २०७९०१:०५:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार