अष्टेलियमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ ।
आज भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो । पर्थमा नेदरल्यान्ड्सले दिएको ९१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १३ ओभर ५ बलमा ४ विकेट गुमाउँदै ९५ रन बनायो । पाकिस्तानका लागि मोहम्द रिजवानले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै फकर जमानले २० रन बनाउँदा सान मक्सोदले १२ रन जोडे ।
नेदरल्यान्ड्सका लागि बर्नान्डो लोभरले दुई विकेट लिँदा पाउल भान मेकरनले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनाएको थियो । नेदरल्यान्ड्सका लागि कोलिनले सर्वाधिक २७ रन बनाउँदा स्कोट एर्डोसले १५ रन बनाउँदा नेदरल्यान्ड्सका लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पाकिस्तानका लागि साहाब खानले सर्वाधिक तीन विकेट लिए । मोहमद स्वामीले दुई विकेट लिए । पहिलो जितसँगै पाकिस्तानले तीन खेलबाट २ अंक जोडेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।