काठमाडाैँ,
दर्शकको सकारात्मक प्रतिक्रिया पाएको ‘महापुरुष’ फिल्मले दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन समेत गरेको छ ।
प्रदीप भट्टराईको निर्देशनमा तयार गरिएको फिल्मले ३ दिनको बिदाको भरपूर सदुपयोग गर्ने देखिएको छ । फिल्मले शुक्रबार र शनिबार बम्पर व्यापार गरेको छ । देशभरका मल्टिप्लेक्स हलमा दर्शकको उच्च अकुपेन्सी देखियो । यो फिल्मले दुई दिनमा साढे दुई करोडको ग्रस कलेक्सन गरेको निर्माण पक्षले जनाएको छ ।
शुक्रबार देशभर एक करोडको ग्रस कलेक्सन गरेको थियो भने, शनिबार फिल्मको व्यापार साढे एक करोड रहेको निर्माता रविन्द्रसिंह बानियाँले बताए । दुई दिनमा साढे दुई करोड ग्रस कलेक्सन गरेको फिल्मले यो साता लगानी सुरक्षित गर्दै निर्मातालाई मुनाफाको बाटोमा डोर्याउने पक्का रहेको छ ।
छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको आज पनि हो । आजको बिहानी शो उच्च अकुपेन्सी रहेको र दिउँसोको शो हाउसफुल रहेको निर्देशक भट्टराईले जानकारी दिए ।
एकल बाबुको कथा, बुढ्यौली प्रेम तथा पारिवारिक घटनालाई प्रस्तुत गरिएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौड्याल, अरुण क्षेत्री, अञ्जना बराइलीलगायतको मुख्य भूमिका छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।