एजेन्सी। ब्राजिली स्टार नेयमार सहित पेरिस सेन्ट जर्मेन ९पीएसजी०का तीन खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । पीएसजीका फरवार्ड नेयमार सहित एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाईरसको संक्रमण देखिएको बताईएको छ ।
पीएसजीले समेत आफ्ना तीन खेलाडीलाई कोरोनाको संक्रमण देखिएको पुष्टि गरेको छ । ‘परिक्षण पश्चात तीन जना पीएसजीका खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ । र तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार अघि बढिसकेका छन् ।’ क्लबले भनेको छ ।
युरोपियन च्याम्पियन्स लिगको फाइनल खेलेको पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन । पीएसजीले सेप्टेम्बर १० मा लिग वानको आफ्नो पहिलो खेल खेल्नेछ । कोरोनाकै महामारीका कारण नयाँ सिजन समेत प्रभावित बनेको छ । लिगको पहिलो खेलमै कोरोनाका कारण स्थगित गर्नुपरेको थियो ।
कोरोनाले लिग प्रभावित बनेपछि पीएसजीलाई गत सिजनको लिग उपाधि हस्तान्तरण गरिएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।