बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फागुनमा रिलिज हुँदै प्रियंका कार्कीको ‘फुलबारी’

फागुनमा रिलिज हुँदै प्रियंका कार्कीको ‘फुलबारी’

मेगा खबर संवाददाता

२, कार्तिक २०७९
  • 2.2K
    SHARES

  • फागुनमा रिलिज हुँदै प्रियंका कार्कीको ‘फुलबारी’

    रामबाबु गुरुङको निर्देशन रहेको पछिल्लो फिल्म हो ‘फूलबारी’ । सम्पूर्ण छायांकन सकाएर पोष्ट प्रोडक्सनमा रहेको फिल्म ५ फागुनबाट सार्वजनिक प्रदर्शनमा आउने निर्माण युनिटले जनाएको छ ।

    ७ फागुन प्रजातन्त्र दिवस र ९ ग्याल्पो ल्होछारको सार्वजनिक विदा परेर फिल्म प्रदर्शनमा ल्याइन लागेको हो । फिल्ममा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, सृजना सुब्बा, शिल्पा मास्के, गौमाया गुरुङ लगायतको अभिनय छ ।

    यशोधा फिल्मस्को ब्यानरमा निर्मित फिल्मको कथा तथा कन्सेप्ट कमल किशोर मलपानीको हो भने पटकथा उपेन्द्र सुब्बाले लेखेका छन् । कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संयुक्त संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले छायांकन गरे ।

    मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा ‘कबड्डी’ श्रृंखलाका निर्माता मणिराम पोखरेल छन् । आमा बनेपछि अभिनेत्री प्रियंकाले यसै फिल्मबाट अभिनयमा कमब्याक गर्न लागेकी हुन् ।

    बुधवार, कार्तिक २ २०७९०१:४३:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार