बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नवौं राष्ट्रिय खेलकुदमा नेपाल प्रहरीले हालसम्ममा जित्यो १ सय २९ पदक

नवौं राष्ट्रिय खेलकुदमा नेपाल प्रहरीले हालसम्ममा जित्यो १ सय २९ पदक

मेगा खबर संवाददाता

२, कार्तिक २०७९
  • 949
    SHARES

  • नवौं राष्ट्रिय खेलकुदमा नेपाल प्रहरीले हालसम्ममा जित्यो  १ सय २९ पदक

    काठमाडाैँ,

    नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत विभिन्न खेलहरूमा नेपाल प्रहरीले हालसम्म ४३ स्वर्ण, ३८ रजत र ४८ कास्य गरी कुल १ सय २९ पदक प्राप्त गरेको छ ।

    नेपाल प्रहरीले तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कास्य, करातेमा ९ स्वर्ण, २ रजत र ५ कास्य, भारोत्तोलनमा ८ स्वर्ण र ५ रजत, टेबल टेनिसमा ४ स्वर्ण, १ रजत र १ कास्य, जुडोमा ३ स्वर्ण, १ रजत र ५ कास्य जिते । पुरुष क्रिकेटमा १ स्वर्ण, महिला क्रिकेटमा १ स्वर्ण, कुस्तीमा १ स्वर्ण, ७ रजत र ५ कास्य, पौडीमा १ स्वर्ण ८ रजत र ११ कास्य, फुलकन्ट्‍याक्ट कराँतेमा १ स्वर्ण, १ रजत र २ कास्य, सफ्ट टेनिसमा १ स्वर्ण र १ कास्य जितेको छ । 

    एथलेटिक्समा १ स्वर्ण, ३ रजत र ४ कास्य, शारीरिक सुगठनमा १ स्वर्ण, १ रजत र ३ कास्य, बुद्धिचालमा ३ रजत, सुटिङमा १ रजत र २ कास्य, आर्चरीमा १ रजत, आईटिएफ तेक्वान्दोमा ४ कास्य, लन टेनिसमा २ कास्य तथा ब्याडमिन्टनमा २ कास्य जिते । 

    नेपाल प्रहरीका खेलाडीहरूमध्येमा महिलातर्फ १८ स्वर्ण, १७ रजत र २६ कास्य,  पुरुषतर्फ २३ स्वर्ण, २० रजत र २१ कास्य तथा मिश्रित टिमतर्फ २ स्वर्ण, १ रजत र १ कास्य पदक जित्न सफल भएका छन् ।

    बुधवार, कार्तिक २ २०७९०१:०२:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार