बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पुरानो म्याटमा भलिबल खेलाउँदा तीन जना खेलाडी घाइते

पुरानो म्याटमा भलिबल खेलाउँदा तीन जना खेलाडी घाइते

मेगा खबर संवाददाता

१, कार्तिक २०७९
  • 946
    SHARES

  • नवौँ राष्ट्रिय खेलकुदमा पुरानो म्याटमा भलिबल खेलाउँदा एउटै खेलमा तीन खेलाडी घाइते भएका छन् ।  

    पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको दोस्रो क्वार्टरफाइनल खेलमा तीन खेलाडी घाइते हुँदा खेल अवरुद्ध भएको छ । प्रतियोगिता अन्तर्गत एपीएफ र लुम्बिनी प्रदेशबीचको खेलमा आज तीन खेलाडी घाइते भएका हुन् । एपीएफका रुपेन्द्र नेपाली र टेक अवस्थी तथा लुम्बिनीका विजय परियार घाइते भएका थिए ।

    जम्प गरेपछि ल्यान्डिङको क्रममा खेलाडीहरू घाइते भएका थिए । घाइते खेलाडीको प्राथमिक उपचार भइरहेको छ । गण्डकीका प्रेम कुमाल पनि यसैगरी घाइते भएका थिए । अहिले म्याट हटाएर खेल खेलाउने तयारी हुँदैछ ।

    मंगलवार, कार्तिक १ २०७९०२:११:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार