बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा कास्य पदक जितेको छ ।
आज भएको खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै बागमतीले कास्य पदक जिते । पोखरा रंगशालामा लुम्बिनी प्रदेशले दिएको ८८ रनको लक्ष्य बागमती प्रदेशले १६ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । बागमतीको जितमा सुमन खतिवडाले सर्वाधिक ४१ बनाइन । अस्मिता खरेलले २० रन जोडिन् ।
लुम्बिनीका लागि कृतिका मरासिनीले २ तथा सुस्मिता भुषालले १ विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८७ रन बनायो । लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले ३० रन बनाउनु बाहेक कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बागमतीका लागि विपिशा शाहीले ४ तथा खुसी डंगोलले ३ विकेट लिएका थिए ।
आज नै स्वर्णका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब खेल्दै छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।