काठमाडाैँ,
पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत आज बिहानै भएको पुरुष भलिबल खेलमा नेपाल पुलिस क्लबले आफ्नो पहिलो खेलमा सफलता प्राप्त गरेको छ ।
पोखरा रंगशालामा सञ्चालित खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई २५–१६, २५–१२ र २५–११ को सोझो सेटमा पराजित गरेको छ । नेपाल प्रहरीको पुरुष भलिबल टिम समूह ’ए’ मा रहेको छ । जसमा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छन् । नेपाल पुलिस क्लबले असोज २९ गते लुम्बिनी प्रदेशसँग दोस्रो तथा समूह चरणको अन्तिम खेल खेल्नेछ ।
नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत गोरखाको गोरखा नगरपालिका–७ गोरखा क्याम्पसको हलमा बिहीबार संचालन भएको बुद्धिचाल खेलमा नेपाल प्रहरीका खेलाडीहरूले सफलता प्राप्त गरे ।
बुद्धिचाल खेलमा नेपाल प्रहरीका खेलाडी पुनम प्रसाईं, आभा पुडासैनी, पूर्णिमा गुरूङ, सुबिर लामा र क्षितिज भण्डारीले सफलता प्राप्त गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।