बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

मेगा खबर संवाददाता

१७, भाद्र २०७७
  • 1.6K
    SHARES

  • सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

    काठमाडौं। नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो सातौँ खेलमा विकेट लिए पनि उनको टोली जमैका तलावाज पराजित भएको छ । शनिबार राति भएको खेलमा जमैका ट्रिन्बागो नाइट राइडर्ससित १९ रनले पराजित भएको हो । उक्त खेलमा सन्दीपले एक विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । योसँगै सन्दीपले सीपीएलमा सात खेलमा १० विकेट लिएको छ  । 

    क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत सातौँ खेलमा ट्रिन्बागो १९ रनले विजयी भयो । हालसम्म अपराजित रहेको ट्रिन्बागो प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । जमैका भने सात खेलमा तीनमा जित तथा चारमा हारका साथ छ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।

    शुरुआतमा ब्याटिङ गर्दै ट्रिन्बागोले चार विकेटको क्षतिमा १८४ रन बनायो । एक सय ८५ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जमैकाले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १६५ रन बनायो । ट्रिन्बागोका लागि कोलिन मुरनोले सर्वाधिक ६५ रन बनाउनुभयो । यस्तै लेन्ड सिमोन्सले २५ तथा सुनील नारिनले २९ रन जोड्े । बलिङतर्फ जमैकाका कार्लोस बाथवेटले दुई तथा सन्दीप लामिछाने र फिडेल इडवार्डले एक एक विकेट लिए । सन्दीपले लेन्स सिमोन्सको विकेट लिएका थिए । 

     जमैकालाई जिताउन आन्द्रे रसेलले अन्तिम समयसम्म सङ्घर्ष गर्नुभयो । उनले अविजित अर्धशतकीय पारी खेल्नुभयो । रसेलले २३ बलमा चार छक्का र पाँच चौकाको मद्दतमा ५० रन बनाए । यस्तै ग्लेन फिलिप्सले ३१ बलमा ४१ रन बनाए । कार्लोस बाथवेटले अविजित २१ रन जोेडे पनि जमैकालाई जिताउन भने सक्नुभएन ।  

     बलिङतर्फ ट्रिन्बागोका लागि फवाद अहमदले दुई तथा अकिल हुसैन, खइरे पिइरे, सुनिल नारिन र ब्रेभोले एक एक विकेट लिए । अब सन्दीप सम्मिलित जमैका तलावाजले आठौँ खेल बुधबार खेल्नेछ । 

    बुधवार, भाद्र १७ २०७७०९:१५:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार