माकाबी हाइफासँग स्तब्ध बनेपछि इटालियन महारथी युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कठिन बनेको छ ।
मंगलबार राति भएको खेलमा युभेन्टस ०–२ गोलले पराजित बनेको हो । ओमेर अटजिलीले पहिलो हाफमा गरेको दुई गोलको मद्दतले इजरायली टोलीले युभेन्टसलाई हराउन सफल बने । दुई खेल बाँकी छँदा युभेन्टस मात्र ३ अंक बटुल्दै समूहको तेस्रो स्थानमा सीमित बनेको छ ।
मासिमिलानो एलेग्रीको टोलीले अब अन्तिम १६ मा पुग्नका लागि बाँकी दुई खेलमा पीएसजी र बेनफिकालाई हराउनै पर्ने हुन्छ । दुई पटकको युरोपियन च्याम्पियन घरेलु लिगमा पनि सङ्घर्षरत रहेको छ । शनिबार एसी मिलानसँग पराजित हुँदै टोली सिरिए एमा आठौँ स्थानमा सीमित छ ।
समूहकै अन्य खेलमा पीएसजी र बेनफिकाले १–१ को बराबरी खेले । दुई टोलीको समान ८ अङ्क रहेको छ । एम्बाप्पेले खेलको ३९ औँ मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए पनि दोस्रो हाफमा जोआ मारियोले पेनाल्टीबाट गोल फर्काउँदै खेल बराबरी गरे ।
एम्बाप्पेले त्यसपछि गोल गरे पनि त्यसलाई अफसाइड करार गर्दै रद्द गरिएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।