एजेन्सी। विश्व फुटबल जगतमा कसैले पनि पूर्वानुमान नगरेको विषय थियो लियोनल मेसीले बार्सिलोना छोड्ने कुरा । जसले बाल्यकालदेखि बार्सिलोनालाइ आफ्नो घर सरह ठाने, करिअरको २० वर्ष गुजारे र करिअरको अन्त्य पनि यही क्लबमा हुने बताईरहेका थिए ।
तर अवस्था यस्तो आयो, मेसी र बार्सिलोनाको व्यवस्थापबीचको सम्बन्ध जोडिनै नसक्नेगरि टुट्यो । केही सयम यता बोर्ड अध्यक्ष जोसेफ मारिया बार्टोमेउ लगायतसँग असन्तुष्ट रहेका मेसीले क्लबलाई अब्बल बनाउन विभिन्न प्रस्ताव राखेका थिए ।
तर लगातार अस्वीकृत हुंदा क्लबको अवस्था बार्यनम्युनिखको हातबाट ८ गोल खाने अवस्थामा पुग्यो । त्यसपछि मेसीले अब बार्सिलोनामा बसिरहनुको औचित्य सकिएको ठाने र फ्याक्स मार्फत पत्र पठाए । उनले क्लब छोड्नुको कारण खोल्ने सार्वजनिक गरिरहदा स्पेनिस मिडिया मार्काले संभावित १० कारण उल्लेख गरेको छ ।
यी हुन् मेसीले बार्सा छोड्नुुका ३ कानूनी र ७ खेल सम्बन्धि कारण तीन कानूनी कारण :
१– क्लबले आफुसँग गरेको सहमति अनुसार सिजनको अन्त्य १० जुन भित्र क्लब छोड्ने कुराको जानकारी गराउनु पर्नेमा कोरोना भाइरसका कारण सिजनको अन्त्य नै ढिलो हुन गयो र सोही अनुसार उनले पनि ढिलो जानकारी गराए ।
२–सम्झौताको अन्तिममा वर्ष रिलिज क्लज ७ सय मिलियन युरो तिर्नुपर्ने कुरा उल्लेख गरिएको छैन ।
३–बार्सिलोना बोर्डका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले धेरै सार्वजनिक अन्तरबार्ताहरुमा भनेका थिए मेसीले चाहेका बेला क्लब छोड्न सक्छन् ।
खेलकुद सम्बन्धि ७ कारण :
१–बार्सिलोनाको भविष्यको योजना महत्वकाँक्षी थिएन । मेसी टिमको भविष्यलाई लिएर सहमत हुन सकेका थिएनन् । कतिपय बेला टिमले जित्नुपर्ने कुराको जिम्मा मेसीको मात्र काँधमा छोडिन्थ्यो ।
२–कोच अर्नेस्टो भालभार्डेलाई बर्खास्त गर्ने समय र तरिकाप्रति मेसीको सहमति थिएन ।
३– क्लबसँग मेसीका धेरै विषयमा असहमतिहरु थिए । क्लबले पछिल्लो महिनाहरुमा देखाएको व्यवहारबाट असन्तुष्ट उनि सामाजिक संजालमा भएको स्केन्डलबाट समेत असन्तुष्ट थिए ।
४– ईरिक अविडाल लगायत क्लबका अन्य अधिकारीहरुसँग मेसी असन्तुष्ट थिए, जसले भालभार्डेको बहिरगमनको आरोप घुमाउरो भाषामा मेसीलाई लगाएका थिए । जुन सत्य थिएन ।
५– एकेडेमिलाई सदुपयोग गर्ने लगायतका मेसीका धेरै सुझावहरु बार्सिलोना बोर्डले सुनिरहेको थिएन ।
६–मेसीले सोचे कि बार्सिलोनामा मेसीको युग सकियो । सहकर्मी जेरार्ड पिकेले भनेजस्तो अब नयाँ युवा खेलाडीहरुलाई सुम्पनु पर्दछ ।
७– मेसी र उनको परिवार बार्सिलोनामा सामाजिक संजालमा स्केन्डलको निशाना बनाईएका थिए, र कतिपय बेला यस्तो कामको अगुवाई नै क्लबले गरेकोे थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।