काठमाडाैँ,
गायक तथा सर्जक उत्तम पौडेलले पूर्वेली लोकगीत "खुर्कोट बजारमा" सार्बजनिक गरेका छन् ।
रामेछाप साँस्कृतिक कलाकार समाजका बरिष्ठ उपाध्यक्ष समेत रहेका गायक पौडेलको आफ्नै शब्द र संगीत रहेको उक्त गीतमा गायक स्वयं र चर्चित पूर्वेली गायिका सुनिता थेगिमको स्वर रहेको छ । सुरज चन्द्र घिसिङ्ग र सम्झना राईको अभिनयमा भिडियो निर्माण भई बिशान्त् क्रीयसन युट्यूब च्यानल मार्फत सार्बजनिक भएको सो गीतको रेकर्डिङ ए प्लस रेकर्डिङ स्टुडियोमा भएको हो ।
यसको एरेञ्ज देवेस राईले गरेका छन भने भिडियो उत्पादन सम्बन्धी ब्यबस्थापन कृष्ण राईले, निर्देशन अनिल कोयू राईले साथै इडिटिङ गंगाराम राई र अर्जुन खड्काले गरेका छन् ।
रामेछाप साँस्कृतिक कलाकार समाजद्वारा असोज ९ गते आयोजित रामेछाप साँस्कृतिक साँझ - दशैँ विशेष कार्यक्रममा गीतको बिमोचन गर्दै गायक तथा सर्जक पौडेलले पूर्व खोटाङको दिक्तेल बजार र खुर्कोट बजारको शीर्षक रहेको उक्त गीत बिपी राजमार्ग हुँदै काठमाडौँबाट पूर्व जाने रुटका सम्पूर्ण दर्शक स्रोताहरुको मागलाई मध्यनजर गर्दै एउटा फरक शैलीको कोसेली पस्किने कोशिस गरिएको बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।