बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चाडपर्वले विविधताबीचको एकतालाई मजवुत बनाउँछ :कृष्णचन्द्र नेपाली पोखरेल

चाडपर्वले विविधताबीचको एकतालाई मजवुत बनाउँछ :कृष्णचन्द्र नेपाली पोखरेल

मेगा खबर संवाददाता

१९, आश्विन २०७९
  • 2.3K
    SHARES

  • चाडपर्वले विविधताबीचको एकतालाई मजवुत बनाउँछ :कृष्णचन्द्र नेपाली पोखरेल

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दसैँलगायतका चाडपर्वले विविधताबीचको एकतालाई मजबुत बनाउने बताएका छन् ।

    विजयदशमी २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले पर्वसँग जोडिएका मूल्य, मान्यता एवं संस्कारहरूले मुलुकलाई समृद्धिको शिखरमा पु-याउन सहयोग गर्ने र विविधताबीचको एकतालाई थप मजबुत बनाउन योगदान गर्ने बताए ।

    हाम्रो देश बहुसांस्कृतिक, बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण छ । विविधताबीचको एकता नै हाम्रो विशेषता हो,उनले भने । प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हाम्रो साझा दायित्व रहेको उल्लेख गर्दै उनले सञ्चार, प्रविधि र यातायात सेवाका कारण पर्व मनाउने शैली फेरिएको बताए ।

    हाम्रा मौलिक पर्वसँग गाँसिएका वैज्ञानिक एवं मानवीय जीवनसँग जोडिएका सकारात्मक पक्षका बारेमा वर्तमान पुस्तालाई बुझाउन जरुरी रहेको सन्देशमा उल्लेख छ ।         

    बुधवार, आश्विन १९ २०७९०६:५३:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार