बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

‘साइली’ लिएर बजारमा आए स्मृति र किरण [भिडियोसहित]

‘साइली’ लिएर बजारमा आए स्मृति र किरण [भिडियोसहित]

मेगा खबर संवाददाता

१५, भाद्र २०७७
  • 2.4K
    SHARES

  • ‘साइली’ लिएर बजारमा आए स्मृति र किरण [भिडियोसहित]

    काठमाडौं । काठे लोक दोहोरी गायिका स्मृति गौतम र गायक किरण गौतमको नयाँ कोसेली ‘साइली’ सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल युट्युब च्यानलबाट गीत सोमबार सार्वजनिक भएको छ । 

    गितको शब्द तथा संगीत किरण गौतमकै रहेको छ । स्वर किरण र स्मृति दुवैको रहेको छ । निकै नै रमाइलो शैलीमा रहेको उक्त गितमा कुमार सानु पुन, सावित्री नेपाली र बिशाषा गिरिले गायनमा साथ दिएका छन् ।

    गितको रेकर्डिङ शंकरा डिजिटल स्टुडियोमा गरिएको हो भने मिक्सिङ र मास्टरिङ कुमार सानू पुनले गरेका छन् ।  

    काँठे लोकदोहोरी क्षेत्रमा पछिल्लो समय निकै चर्चा कमाउँदे आएकी गायिका स्मृति गौतम र किरण गौतमले यसअघि पनि सँगसगै विभिन्न सांगितिक कोसेलीहरु बजारमा ल्याएका छन् । काठे क्षेत्रका गितहरु बजारमा ल्याएर चर्चा कमाएकी स्मृतिले अर्का गायक किरण गौतमको साथमा यसअघि ‘सम्झना’ बोलको गीत बजारमा ल्याएकी थिइन् । 

    गायिका स्मृतिले केही समय अघिमात्र ‘दुई खोली दोभान’ बोलको गित बजारमा ल्याएकी थिइन् । गायिका गौतमको ‘कालो बजारी’, ‘पानबुट्टे चोली’, ‘टोखा छहरे त्रिशुली बजार’, ‘कामेरो’, जस्ता चर्चित गितहरु बजारमा उपलब्ध छन् ।

    सिन्धुपाल्चोक स्थायी घर भएकी गौतम लामो समय देखि नेपाली लोक दोहोरी तथा काँठ क्षेत्रका गितहरु गाउन प्रख्यात छिन् । गायिका गौतम  ‘नेशनल पावर म्युजिक अवार्ड २०१९’ बाट पनि सम्मानित भएकी थिइन् । 

     ‘पानबुट्टे चोली’ नामक गीतबाट उनले सर्वोत्कृष्ट काठे गायिकाको अवार्ड हात पारेकी थिइन् । उक्त अवार्ड पूर्व राष्ट्रपति  परमानन्द झा ले प्रदान गरेका थिए ।

    साथै, किरणले पनि काठे लोकदोहोरी गीतहरु सम्झना, साइली लगायतका गितहरु गाएका छन् । 

    हेर्नुस् भिडियोः

    सोमवार, भाद्र १५ २०७७०८:०६:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार