सेञ्चुरी मिस टिन नेपाल २०२२’ को उपाधि काठमाडौंकी प्रतिक्षा डंगोलले जितेकी छिन् ।
हिजो अमेर साँझ राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगितामा उनले ताज जितेकी हुन् । विजेता प्रतीक्षाले मिस टिनको क्राउनसहित नगद ३० हजार हात समेत पारिन् । काठमाडौं जेसीजले आयोजना रहेको प्रतियोगितामा सुस्मिता अधिकारी फस्ट रनरअप र सुस्जिता पौडेल सेकेन्ड रनर अप भएका छन् । दुबैले क्रमशः २० र १० हजार प्राप्त गरे । प्रतियोगितामा खल्ती पब्लिक च्वाइस अवार्ड परिका भण्डारीले हात पारिन् ।
हेल्दी बेस्ट स्किनको पूजा वली,नामी मिस इन्टलेक्च्युअल अवार्ड विभूषा बस्नेत र डी जिम मिस एथ्लेटको अवार्ड विसुका कोइराला भएको प्रतियोगितामा एनआइसी एसिया मिलनसार अवार्ड सुस्मिता अधिकारी,केटिएम रस बेस्ट वाक सुम्निमा पुरी र कुण्डलिनी ब्यांक्वेट मिस ट्यालेन्टको अवार्ड परिका भण्डारीले जितिन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।