युईएफए नेसन्स लिगमा इंग्ल्याण्ड इटालीसँग पराजित भएको छ । पराजयसँगै टोली प्रतियोगिताको समूह ए३ बाट पुछारमा रहँदै रेलिगेसनमा छ ।
मिलानको सानसिरोमा भएको खेलमा ६८ औँ मिनेटमा जियोकोमो रास्पाडोरीले गरेको एक मात्र गोल निर्णायक बन्यो । इंग्ल्याण्ड पछिल्ला ५ खेलमा जीतविहीन छ । यो सन् २०१४ को जुन यता टोलीको खराब प्रदर्शन छ ।
समूह सीमा हंगेरी १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने ८ अंकसहित इटाली दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको जर्मनीको ६ अंक रहेको छ भने इंग्ल्याण्ड २ अंकसहित पुछारमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।