नेपालमा साउनयता साढे १९ हजार बढी डेंगुबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार ७६६ जना संक्रमित भएका हुन् ।
साउन महिनायता डेंगुका कारण मृत्यु संख्या २५ पुगेको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी डेंगु संक्रमण पुष्टि बाग्मती प्रदेशमा छ । बाग्मती प्रदेशमा मात्रै १४ हजार ३२ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशमा २ हजार ७० जना संक्रमित भएका छन् ।
सुदूरपश्चिममा ६६३, प्रदेश १ मा ५८४, गण्डकी प्रदेशमा ४५१, मधेश प्रदेशमा २९९ र कर्णालीमा २२९ जना डेंगु संक्रमित भएको मन्त्रालयले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।