बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

टी-२० शृंखलामा भारतलाई अष्ट्रेलियाले हरायो

टी-२० शृंखलामा भारतलाई अष्ट्रेलियाले हरायो

मेगा खबर संवाददाता

५, आश्विन २०७९
  • 970
    SHARES

  • टी-२० शृंखलामा भारतलाई अष्ट्रेलियाले हरायो

    अस्ट्रेलियाले आज भारतविरुद्धको तीन टी २० शृंखलाको पहिलो खेलमा चार विकेटले जितको छ ।

    भारतले प्रस्तुत गरेको दुई सय ९ रनको लक्ष्य अस्ट्रेलियाले चार बल अगावै ६ विकेटको क्षतिमा पूरा गर्यो । अस्ट्रेलियाका म्याथ्यु वेडले २१ बलमा ६ चौका र दुई छक्का मद्दतमा अविजित ४५ रन जोडे । ओपनर क्यामरुन ग्रिनले ३० बलमा आठ चौका र चार छक्का प्रहार गरे ।

    स्टिभ स्मिथले २४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । भारतका अक्सर पटेलले तीन,उमेश यादवले दुई तथा युजवेन्दर चाहलले एक विकेट लिए । टस हारेर ब्याटिङका यसअघि लागि आएको भारतले हार्दिक पाण्डेयाको अविजित ७१ रन मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट क्षतीमा दुई सय आठ रनको विशाल योगफल खडा गरे ।

    भारतका लागि ओपनर केएल राहुलले ३५ बलमा चार चौका र तीन छक्का मद्दतमा ५५ रन जोड्दा पाण्डेयाले २० बलमा सात चौका र पाँच छक्का प्रहार गरे । सूर्यकुमार यादवले २५ बलमा दुई चौका र चार चौका मद्दतमा ४६ रन जोडे । 

    बुधवार, आश्विन ५ २०७९११:१८:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार