काठमाडौं। कपिल शर्माले कोरोना महामारीबो बीच आफ्नो कार्यक्रम ‘ द कपिल शर्मा शो’ मा फर्किएका छन् । सुटिङको क्रममा उनलाई दर्शकको कमी महशुस भएको छ ।
मार्चमा कोरोना भाइरस संक्रमण फैलिन थालेपछि सुटिङ स्थगित गरिएको थियो । तर च्यानमा पुराको कार्यक्रम निरन्तर आइरहेको थियो । कार्यक्रमको टिमले जुलाई महिनाबाटै सुटिङ सुरु गरेका छन् । कार्यक्रममा कोरोना भाइरस संक्रमणबाट बच्नको लागि हरेक उपाय अपाइएको छ । अगस्टको पहिलो साता कार्यक्रम सुरु भयो जसमा पहिलो अथिति अभिनेता सोनू सुद आएका दिए ।
कपिलले एक वेबसाइडसँग कुरा गर्दै भने –हामी दर्शक विना नै कार्यक्रमको सुटिङ गरिरहेका छौ । सेटमा दर्शकको कमीले निकै खल्लो महशुस भएको छ । तर अर्चनाले यस खल्लो पनलाई रमाइलो बनाइदिने गरेकी छन् । उनको हाँसो दर्शकको हाँसो बराबरको छ । ’ उनले भने –‘कोरोना महामारीको बीचमा कार्यक्रम सञ्चान गर्न निकै डर लागिरहेको थियो । तर एक न एक दिन त काम गर्न पर्छ । कोरोनासँग डराएर कति समय बस्न सकिन्छ । व्यक्तिगत रुपमा हामी निकै सावधानी अपनाएर काम गछौँ ’
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।