अभिनेत्री स्वस्तिमा खड्का ‘पपुलर सिने स्टार अवार्ड’ बाट सम्मानित भएकी छन् ।
‘पुरानालाई सम्मान, नयाँलाई प्रोत्साहन’ नारासहित हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’ मा खड्कालाई उक्त अवार्ड प्रदान गरे ।
होटल र्याडिसनमा आयोजित कार्यक्रममा खड्का सहित दर्जनौँ सेलिव्रेटीले पनि अवार्ड प्राप्त गरे । जसमा अभिनेता ‘मोसन पिक्चर्स क्विन अफ एक्टिङ अवार्ड’अभिनेत्री गौरी, आइकोनिक पपुलर मोडल अवार्ड मोडल तथा अभिनेता दिक्पाल कार्की, पपुलर ड्रेस डिजाइनर अफ इन्टरटेन्मेन्ट इन्ड्रस्ट्रि अवार्ड सुक्निता चौलागाईँले पाए ।
त्यस्तै एभरग्रिन मेलोडी भोकल स्टार अवार्डबाट गायक आनन्द कार्की, क्विन अफ एभरग्रिन भ्वाईस अवार्ड गायिका अन्जु पन्त, आइकोनिक पप स्टार अवार्डबाट गायक धिरज राई हात पारेका छन् ।
नेपाली चलचित्र, साङ्गीतिक क्षेत्रसँगै फेसन एंव मोडलिङ क्षेत्रको व्याक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हिमालयन मुभिज प्रोडक्सन हाउसकी प्रवन्ध निर्देशक हिमानी सुब्बाले बताइन् ।
कार्यक्रममा स्नेहा राना, रोजिन शाक्य, धर्म बहादुर बानिया, साबित्री शाह, राधा हमाल बानिया, मनु बान्ता मगर लगायत समेत सम्मानित भएका थिए । गायक धिरज राईको सांगीतिक प्रस्तुति समेत रहेको कार्यक्रममा फेसनशो समेत आयोजना भएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।