बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले एसिया कप २०२२ को उपाधि जित्यो

पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले एसिया कप २०२२ को उपाधि जित्यो

मेगा खबर संवाददाता

२७, भाद्र २०७९
  • 2.3K
    SHARES

  • पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले एसिया कप २०२२ को उपाधि  जित्यो

    पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलङ्काले एसिया कप २०२२ को उपाधि जितेको छ । 

    श्रीलङ्काले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा १ सय ४७ रनमा अल आउट भएको छ । उसका लागि मोहम्मद रिजवानले ५५ र इफ्तिखर अहमेदले ३२ रन बनाए । बलिङतर्फ श्रीलङ्काका प्रमोद मदुशनले ४ र वानिन्दु हसरङ्गाले ३ विकेट लिएको छ । 

    दुबई अन्तर्राष्ट्रिय मैदानमा यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको छ । उसका लागि भानुका राजपक्षले नटआउट ७१ र वानिन्दु हसरङ्गाले ३६ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस रौफले ३ विकेट लिएको छ ।  

    श्रीलङ्काले एसिया कप ६ पटक जितेको छ । एसिया कप अहिलेसम्म धेरै जित्नेमा भने भारत छ, उसले अहिलेसम्म ७ पटक जितेको छ। पाकिस्तानले भने २ पटक समेत जिते ।

    सोमवार, भाद्र २७ २०७९०९:४२:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार