बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फिल्म ‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने

फिल्म ‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने

मेगा खबर संवाददाता

२३, भाद्र २०७९
  • 1.9K
    SHARES

  • फिल्म ‘बाबरी’ अष्ट्रेलिया पनि प्रदर्शन हुने

    विजया दशमीको अवसर पारेर १४ असोजबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बाबरी’ अष्ट्रेलिया प्रदर्शन हुने भएको छ ।

    फिल्मको अष्ट्रेलिया प्रदर्शनका लागि फिल्म मेभन कन्सल्टिङ ग्रुपका अनिल त्वनाबासु र विक्की श्रेष्ठले किनेका छन् । सुरेन्द्र पौडेल निर्देशित फिल्म महँगो रकममा अष्ट्रेलिया राइट बिक्रि भएको निर्माण युनिटले जनाएको छ ।

    फिल्म निर्माण कम्पनी बाबरी फिल्मस् र मवेन इन्टरटेनमेन्टबीच फिल्मको राइटको बिषयमा कागजी सम्झौता भएको छ । निर्मात्री पुष्पलता बुढाथोकीका अनुसार नेपाल प्रदर्शनको १० दिनपछि फिल्म अष्ट्रेलियामा रिलिज हुनेछ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा धीरज मगर, अदिति बुढाथोकी, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दिलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको अभिनय रहेको छ ।

    यो फिल्मबाट अभिनेत्री तृप्ति नाडकरका छोरा धीरजले नायकको रुपमा डेब्यू गरेका छन् । फिल्ममा उनी भारतीय नागरिककै भूमिकामा छन् ।

    फिल्मको निर्मातामा पुष्पलतासँगै गणेश बुढाथोकी छन् । सिजन दाहाल, मनोज त्रिपाठी, रीत बोहरा र किशोर नेपालको लेखन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, सुजन चापागाईं, अनमोल गुरुङको संगीत, नरेन्द्र मैनालीको छायांकन र निर्देशक पौडेल स्वयंको सम्पादन छ ।  

    बिहिवार, भाद्र २३ २०७९१२:५२:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार