बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एसिया कप क्रिकेटमा पाकिस्तानको टोली राम्रो प्रदर्शन

एसिया कप क्रिकेटमा पाकिस्तानको टोली राम्रो प्रदर्शन

मेगा खबर संवाददाता

२२, भाद्र २०७९
  • 1.2K
    SHARES

  • एसिया कप क्रिकेटमा पाकिस्तानको टोली राम्रो प्रदर्शन

    एसिया कप क्रिकेटमा पाकिस्तानको टोली राम्रो प्रदर्शन गरे ।

    कप्तान बाबर आजमलाई भने झट्का लागेको छ । आईसीसी टी–२० वरियतामा बाबर आजमको नम्बर १ को कुर्सी खोसिए । बाबरको स्थानमा अब मोहम्मद रिजवान टी–२० वरियतामा नम्बर १ ब्याट्सम्यान बनेका हुन् । एसिया कपमा रिजवान शानदार फर्ममा रहेका छन् ।

    हालसम्म भएका तीन खेलमा रिजवानले १९२ रन बनाइसकेका छन् । पाकिस्तानको जीतमा उनले महत्त्वपूर्ण भूमिका निभाएका छन् । 

    पाकिस्तानले भारत विरुद्धको पहिलो खेल हारेको थियो । उक्त खेलमा रिजवानले नटआउट रहँदै ७८ रनको पारी खेलेका थिए । जबकि सुपर–४ मा भारत विरुद्धको खेलमा जीत हासिल गर्ने क्रममा उनले ७१ रन बनाए ।

    टी–२० वरियतामा हालसम्म पाकिस्तानका तीन ब्याट्सम्यान मात्र शीर्ष स्थानमा पुगेका छन् । बाबर र रिजवान अघि मिसबहा उल हक नम्बर १ वरियतामा पुगेका छन् । अहिले शीर्ष १० मा भारतमा एक मात्र खेलाडी छन् । जसमा सूर्यकुमार यादव चौथो स्थानमा छन् ।

    बुधवार, भाद्र २२ २०७९०३:१९:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार