काठमाडौं ः मंसिर ४ मा हुन लागेको प्रतिनिधि र प्रदेश सभा चुनावका लागि दलहरुका तल्ला कमिटीहरुले उम्मेदवारको नाम सिफारिस गरिरहेका छन्।
नेकपा माओवादी केन्द्र प्रतिनिधि सभा क्षेत्र नम्बर ४ क्षेत्रीय समन्वय समिती काठमाडौंले प्रत्यक्ष तर्फ कुमार बोगटीको नाम सिफारिस गरेको छ। यस्तै बिदुर खड्का र अमर बि।क।को नाम पनि काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस भएका छन्।
यस्तै समानुपातिक तर्फ गोबिन्द बहादुर बटाला, सुरेश कर्माचार्य र नवराज न्यौपानेको नाम सिफारिस गरिएको माओवादी केन्द्र क्षेत्र नम्बर ४ को क्षेत्रिय समितिले जानकारी दिएको छ। समितिले प्रतिनिधि सभा क्षेत्र नम्बर ४ प्रदेश क को प्रत्यक्ष तर्फ रण बहादुर गुरुङ रबिन, विजयदेव भट्टराई र रामेश्वरजङ्ग केसीको नाम सिफारिस गरेको जनाएको छ। प्रदेश क समानुपातिक तर्फ विनोद शाही र राधा भट्टराईको नाम सिफारिस गरिएको समितिले जनाएको छ।
यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर ४ प्रदेश ख प्रत्यक्ष तर्फ पुरुषोत्तम कोइराला, माधव आचार्य र राज प्याकुरेल सिफारिसमा परेका छन् भने प्रदेश ख समानुपातिक तर्फ राजेन्द्र श्रेष्ठ, सुवास राई र होम कुमारी अधिकारीको नाम सिफारिस भएको माओवादी केन्द्रले जनाएको छ।