एसिया कप क्रिकेटमा साविकको विजेता भारतलाई श्रीलंकाले हराएको छ । मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटले हराएको हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले दिएको १७४ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
श्रीलंकाका लागि पाथुम निसंका र कुशल मेन्डिसले अर्धशतकीय पारी खेले । निसंकाले ५२ रन बनाउँदा मेन्डिसले ५७ रन जोडे । त्यस्तै दुशन शान्सकाले ३३ रन बनाउँदा भानुका राजपाक्छे । भारतका लागि युजेभेन्द्र चहालले तीन विकेट लिए । त्यस्तै रविचन्द्र आश्विनले एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको भारतका लागि रोहित शर्माले ७२ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । सुर्यकुमार यादवले ३४ रन बनाउँदा हार्दीक पाड्या र रिषव पन्तले १७–१७ रन बनाए ।
श्रीलंकाका लागि दिशानमुडुस्काले तीन विकेट लिए । त्यस्तै चमिका करुणरत्ने र डुसान सन्काले दुई–दुई विकेट लिए । त्यस्तै महेस थेस्कानले एक विकेट लिए ।
आजको खेलमा पराजित भएको भारत प्रतियोगिताबाट बाहिरिने डर भएको छ । भोलिको खेलमा पाकिस्तानले अफगानिस्तानमाथि जित निकालेमा भारत प्रतियोगिताबाट बाहिरिने छ । यता श्रीलंका भने प्रतियोगिताको फाइनल नजिक पुगेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।