बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फिल्म ‘झिँगेदाउ’ ज्येष्ठ नागरिकहरुले सितैमा हेर्न पाउने

फिल्म ‘झिँगेदाउ’ ज्येष्ठ नागरिकहरुले सितैमा हेर्न पाउने

मेगा खबर संवाददाता

२१, भाद्र २०७९
  • 1.5K
    SHARES

  • फिल्म ‘झिँगेदाउ’ ज्येष्ठ नागरिकहरुले सितैमा हेर्न पाउने

    फिल्म ‘झिँगेदाउ’ ज्येष्ठ नागरिकले सितैमा हेर्न पाउने भएका छन् । बिएसआर मुभिज्, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रेको बनेपास्थित शुभकामना हलले ज्येष्ठ नागरिकका लागि फिल्म झिँगेदाउे सितैमा हेर्ने व्यवस्था मिलाए ।

    आमा र सन्तानबीचको भावनात्मक कथामा निर्माण भएको फिल्म जेष्ठ नागरिकलाई हेराउने उद्देश्यले ६५ वर्ष माथिकाले सितैमा हेर्न पाउने व्यवस्था गरिएको निर्माण युनिटले जनाएको छ ।

    शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले अहिले राम्रो व्यवसाय गरिरहेको बताइएको छ । दर्शकबाट फिल्मका लागि राम्रो साथ र प्रतिक्रिया मिलेको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारि दिए । देउजाले ७ वर्षपछि यसै फिल्ममार्फत निर्देशनमा कमब्याक गरे । 

    फिल्ममा केकी अधिकारी,आँचल शर्मा, मुकुन भुषाल,कुशल विष्ट,हिँउवाला गौतम,संगम भण्डारी,विजय देउजा,आर्यन खड्का, अभयराज बराल,आशा भुषाल लगायतको अभिनय छ । 

    मंगलवार, भाद्र २१ २०७९०६:१२:१४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार