बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एसिया कपको सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई हरायो

एसिया कपको सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई हरायो

मेगा खबर संवाददाता

१९, भाद्र २०७९
  • 961
    SHARES

  • एसिया कपको सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई हरायो

    एसिया कपको सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई हराएको छ । शनिबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई चार विकेटले हराएको हो ।

    सारजाहमा अफगानिस्तानले दिएको १७६ रनको लक्ष्य श्रीलंकाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ३६ रनको योगदान गरे ।  पाथुम निशंकाले ३५ रन बनाए । श्रीलंकाका दनुश्का गुनाथिलाकाले ३३ रन जोडे । अफगानिस्तानका मुजिब उर रहमान र नभिन उल हकले समान दुईरदुई विकेट लिए । मोहम्मद नाबी र रशिद खानले समान एकरएक विकेट लिए ।

    पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १७५ रन बनायो । अफगानिस्तानका लागि रमिउल्लाह गुर्बाजले ८४ रनको अर्धशतकीय इनिङ खेले । उनले ४५ बलमा ६ छक्का र ४ चौका प्रहार गरे ।
    त्यस्तै इब्राहिम जाड्रानले ४० तथा नजिबुल्लाह जाड्रानले १७ रन बनाए । 

    श्रीलंकाका लागि दिल्शन मधुशनकाले दुई विकेट लिए । असिथा फर्नान्डो,महेश थिक्सनाले समान एकरएक विकेट लिए । जितसॅंगै श्रीलंका शीर्ष स्थानमा छ ।

    आइतवार, भाद्र १९ २०७९०६:५४:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार