बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राजनीतिमा सापकोटा परिवारको शालीनता र एकता

राजनीतिमा सापकोटा परिवारको शालीनता र एकता

शान्ता आचार्य

१८, भाद्र २०७९
  • 14.6K
    SHARES

  • राजनीतिमा सापकोटा परिवारको शालीनता र एकता

    सिन्धुपाल्चोक, सभामुख अग्निप्रसाद सापकोटालाई विश्वले चिन्छ । लामो, कठिन र सशस्त्र युद्धको नेतृत्व सम्हालेर आएकोले पनि सापकोटाको परिचय साहसी, क्रान्तिकारी र आदर्श पात्रको रुपमा स्थापित छ । 

    सिन्धुपाल्चोकको राजनीतिमा पशुपति शमशेर, अमृतकुमार बोहरा नेत्रविक्रम थापा, मोहनबहादुर बस्नेतलगायतको नाम पनि अग्रपंक्तिमा आउँछ । तर, राज्यको पाँचौ वरीयता भएकोले सभामुखको नाम विश्वले जान्ने कुरा स्वभाविक नै हो । सापकोटाको जनयुद्धकालीन नाम कञ्चन हो । यो नाम त्यत्तिकै राखिएको होइन । अग्नि सापकोटा राजनीतिक निष्ठामा कहिल्यै नझुक्ने र व्यवहारमा सफा भएकोले कञ्चन नाम राखिएको हो । उनलाई माओवादीभित्र ‘हार्डलाइनर’ नेताको रुपमा  चिनिन्छ । सापकोटा साँस्कृतिक र आर्थिक पाटोमा दागबिहीन नेता हुन् । 

    ०६४, ०७० को संविधानसभा चुनाव र ०७४ को प्रतिनिधिसभा निर्वाचनमा शानदार मत ल्याएर ह्याट्रिक गरेका सापकोटाको राजनीतिक क्रेज अहिले पनि उस्तै छ । माओवादीमा टपटेन लिडरभित्र पर्ने सापकोटालाई यसपटक पनि क्षेत्र नं. १ मा उम्मेदवारको रुपमा हेरिएको छ । अग्नि सापकोटाको राजनीतिक इतिहास, पारिवारिक अवस्था, पार्टी नेता र कार्यकर्तामा रहेको विश्वास जीवित  र एकतावद्ध छ । परिवार सबै जनयुद्धमा सामेल भएकोले एकाघरको तीनजना सहिद भएका छन् । पूर्णकालीन सदस्य भएर लडाइँको मोर्चा सम्हालेकोले सबैको शरीरमा गोली र बमका छर्रा छन् । धेरैजसोको शरीर अहिले पनि घाइते छ । राजतन्त्र हटाएर गणतन्त्र स्थापनाको लडाइँमा यो परिवारले सबैभन्दा बढी रगत, पसिना र आँसु बगाएर योगदान गरेको छ । पार्टीलाई निरन्तर विकास र संगठित बनाउन अन्य पुराना र नयाँ नेता कार्यकर्तालाई अवसर प्रदान गरेको छ । 

    आजभोलि चुनावको मुखमा केही राजनीतिक दलका नेताले आफूनिकट सञ्चारको प्रयोग गरेर सापकोटा परिवारमा हानाथाप रहेको समाचार लेखेका छन् । यद्यपि, सापकोटा परिवारमा सबैभन्दा बढी शालीनता र एकता छ । कुनैपनि राजनीतिक निर्णय लिनुपूर्व पार्टीपंक्तिमा आन्तरिक जनवादको अभ्यास गरेर जाने परिपाटी छ । प्रतिनिधिसभा क्षेत्र नं. १ मा अग्निप्रसाद सापकोटा र पार्टी पोलिटब्युरो सदस्य माधव सापकोटा सुबोधबीच मनमुटाव रहेको भन्ने समाचारलाई सापकोटा परिवारले ठाडै अस्विकार गरेको छ । ‘माओवादीको भागमा १ नं. क्षेत्र पर्ने निश्चित छ,’ सुबोधले भने, ‘जनताको चाहना र आवश्यकता अनुसार पार्टीको जुनसुकै नेता उम्मेदवार बनेर आउनसक्छ । सापकोटा परिवारको राजनीतिक उचाइबाट अत्तालिएका केही मानिसले बेतुकका तर्क गरेको आममानिसलाई मन परेको छैन । तामाङ नेताद्वय दावा र अमानसिंह एमाले जानुमा कुनै राजनीतिक पूर्वाग्रह होइन । पद र आर्थिक रुपमा स्वार्थ राख्ने प्रवृत्तिले माओवादीमा रहन नसकेको पार्टीको विश्लेषण छ । दावा र अमानसिंहले जति अवसर माओवादीमा अरु कुनैपनि नेताले पाएका छैनन् । पार्टी केन्द्र, पटकपटक जिल्ला इन्चार्ज, सेक्रेटरी, सांसद भएका दावा  र जिल्ला जनसरकार प्रमुख, शान्ति समिति प्रमुख, नगरपालिका प्रमुख र पार्टीको बैकल्पिक केन्द्रीय सदस्य बनेका अमानसिंहलाई माओवादीले सधैँ उच्च सम्मान गरेको थियो । 

    माओवादीभित्र धेरै नेता कार्यकर्ताले पार्टी छोडे तर संगठन कहिल्यै कमजोर भएन । यसमा नेताहरु कृष्णप्रसाद सापकोटा, माधव सापकोटा सुबोध, युवराज दुलाल, सरल सहयात्री, राजेन्द्र सापकोटा, चन्द्रबहादुर थापालगायत नेता पार्टी संगठनका लागि सधैँ लागिरहे । सापकोटाको गाउँ कुबिण्डे अहिले पनि जनयुद्धकालीन एकता र उर्जा जस्तै पार्टीमा गतिशीलता छ । बीचमा निष्क्रियजस्तै रहेका राजेन्द्र सापकोटालगायत नेता पार्टीको मुलस्प्रिटमा एकाकार भएर पार्टी चलाइरहेका छन् । पूर्वमेयर अमानसिंह तामाङ एमाले प्रवेश गरेपनि कुबिण्डे माओवादीमा कुनै असर परेको छैन । संगठन निर्माण र जनताको चाहना पूरा गर्न लागिरहने युवा हस्ती सुबोधको सैद्धान्तिक र व्यावहारिक प्रशिक्षणबाट क्षेत्र नं. १ बलियो भएको छ । उनलाई संघीय क्षेत्रका बलियो उम्मेदवारको रुपमा कार्यकर्ता र जनताले लिएको पाइएको छ । 

    ‘विपक्षी दल र नेताले लगाउने परिवारवादको आरोप माओवादीभित्र छैन,’ पोलिटव्युरो सदस्य युवराज दुलालले भने । गठबन्धन भएकोले पार्टी निर्णयअनुसार सबैजना चल्नुपर्ने दुलालको भनाइँ छ । अराजक र गुण्डागर्दी शैलीमा राजनीति गरिरहेका काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आफूले टिकट नपाउने अवस्था भएकोले माओवादी नेताविरुद्ध विभिन्न लाञ्छना र आरोप थोपर्ने गरेको माओवादीको बुझाइ छ ।    

    शनिवार, भाद्र १८ २०७९१०:५६:४६
    सम्बन्धित समाचार