सेरेना र भेनस विलियम्सको जोडी यूएस ओपनको पहिलो चरणमा नै पराजित भएको छ ।
सन् २०१८ पछि पहिलोपटक सँगै खेलिरहेका दिदीबहिनी चेक जोडी वलुसी ह्राडेका र लिन्डा नोस्कोभासँग ७–६ (७–५) ६–४ ले पराजित भए ।nकीर्तिमानी अमेरिकी जोडीले यसअघि १४ वडा ग्रान्ड स्लाम डबल्स उपाधि जितेका थिए । ४० वर्षीया सेरेनाले प्रतियोगितापछि सन्यास लिने बताएकी छन् भने उनी दिदी ४२ वर्षीया भेनसले आफ्नो योजना सार्वजनिक गरेकी छैनन् ।
सेरेनाले आज महिला सिंगल्सको तेस्रो चरणमा अस्ट्रेलियाकी अजिला टोम्लजानोभिचसँग प्रतिस्पर्धा गर्दैछिन् । भेनस भने पहिलो चरणमा नै बाहिरिएकी थिइन् ।
बीबीसी
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।