साविकको विजेता भारत एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरे ।
युएईमा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै भारत सुपर चारमा प्रवेश गरेको हो । बुधबार राति हङकङलाई ४० रनले हराउँदै भारतले लगातार दोस्रो जित निकालेको हो ।
दुबईमा भारतले दिएको १९३ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १५२ बनायो । भारतका लागि बाबर हायातले ३५ बलमा ३१ तथा किन्चित शाहले २८ बलमा ३० रन बनाए । बलिङतर्फ भारतका लागि भुवनेश्वर कुमार, आबेश खान, रविन्द्र जडेजा र अर्शदिप सिंहले समान एकएक विकेट लिएका ।
पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर १९२ रन बनायो । भारतका लागि सुर्यकुमार यादव र विराट कोहलीले अर्धशतकीय पारी खेले । यादवले ६८ रन बनाउँदा कोहलीले ५९ रनको योगदान गरे । त्यस्तै केएल राहुलले ३६ तथा रोहित शर्माले २१ रन बनाए । बलिङतर्फ हङकङका लागि अयुस शुक्ला र मोहम्मद घजान्फरले समान एकएक विकेट लिए ।
यस जितसँगै भारतले सुपर ४ मा स्थान बनाएको छ । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो । समूह ‘ए’ को भारतको २ खेलबाट ४ अंक जोडेको छ । भारत समूहको शीर्ष स्थानमा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।