बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सन्दीप लामिछानेको दुई विकेटसँगै जमैकाको जित

सन्दीप लामिछानेको दुई विकेटसँगै जमैकाको जित

मेगा खबर संवाददाता

१४, भाद्र २०७७
  • 1.4K
    SHARES

  • सन्दीप लामिछानेको दुई विकेटसँगै जमैकाको जित

    एजेन्सी।  नेपाली लिग स्पिनर सन्दीप लामिछाने अनुबन्धित जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग ९सिपिएल० मा तेस्रो जित निकालेको छ । हालसम्म खेलिएका प्रतियोगिताका ६ खेल मध्ये पछिल्लो खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रोयटसलाई ३७ रनले पराजित गरेको हो ।

    जितका लागि जमैकाले दिएको १४८ रनको लक्ष्य पछाएको सेन्ट किट्स १९।४ ओभरमा ११० रन बनाएर अलआउट भएपछि जमैकाले खेल ३७ रनले जितेको हो । यस खेलमा जमैकाका बलर कार्लोस ब्रेथवेटले ३ विकेट लिएका थिए । यस्तै सन्दीप लामिछाने, फिडेल एड्वार्ड्स र वीरासामी पेरमाउलले २र२ विकेट लिए ।

    नेपाली स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २७ रन दिएर २ विकेट लिएका थिए । योसँगै जमैका आफ्नो ६ खेलमा तेस्रो जित दर्ता गर्दै अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । अब जमैकाको अर्को खेल भदौ १६ गते ट्रीबागो नाइट राइडर्सविरुद्ध हुनेछ ।

     

    आइतवार, भाद्र १४ २०७७०७:५९:५३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार