बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

करिम बेन्जेमा रियलका लागि सर्वाधिक गोलकर्ताको सूचीको दोस्रो स्थानमा

करिम बेन्जेमा रियलका लागि सर्वाधिक गोलकर्ताको सूचीको दोस्रो स्थानमा

मेगा खबर संवाददाता

२६, श्रावण २०७९
  • 2.2K
    SHARES

  • करिम  बेन्जेमा रियलका लागि सर्वाधिक गोलकर्ताको सूचीको दोस्रो स्थानमा

    करिम बेन्जेमा रियल म्याड्रिडको सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।

    हिजो राति अइन्ट्राक्ट फ्रांकफर्टलाई यूईएफए सुपरकपमा २–० ले हराउने क्रममा गोल गर्दै फ्रेन्च फरवार्ड दोस्रो स्थानमा उक्लन सफल भएका छन् ।

    खेलको ६५ औँ मिनेटमा गोल गरेका ३४ वर्षीय बेन्जेमाले रियलका महान् खेलाडी राउलको ३ सय २३ गोलको कीर्तिमानलाई उछिनेका हुन् । अब बन्जेमाभन्दा अगाडि क्रिस्टियानो रोनाल्डोमात्र रहेका छन् । रोनाल्डोले रियलका लागि ४५० गोल गरे ।

    रियलमा आएयता बेन्जेमाले ५ वटा च्याम्पियन्स लिग र ४ वटा ला लिगाको उपाधि जितिसकेका छन् । उनी सन् २००९ मा लियोनबाट स्पेनिस क्लबमा आबद्ध भएका छन् । 

    बिहिवार, श्रावण २६ २०७९०९:५१:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार