एजेन्सी । लियोनल मेस्सी इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीमा अनुबन्धित हुन चाहेको उनका पिताले बताएका छन्।
मेस्सीले बार्सिलोना छाड्नुअघि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलालाई टेलिफोन गरेका थिए । बार्सिलोनालाई पत्र बुझाउनु भन्दा पहिले नै उनले टेलिफोनमा पेप गार्डिवलालाई भनेका थिए, ‘म अझै दुईपटक बालोन डी’ओर जित्न चाहन्छु र त्यो केवल तपाईँको प्रशिक्षणमा खेलेर मात्रै सम्भव छ ।’
यो दाबीसहितको खबर स्पेनिस पत्रिका मार्काले प्रकाशित गरेको छ । मेस्सीका पिताले फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई उनी म्यानचेस्टर सिटीबाट खेल्न चाहेको बताएको फ्रान्सेली पत्रिकाले खबर छापेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।