बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा एमालेको विरोध प्रदर्शन (तस्बिरहरू)

महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा एमालेको विरोध प्रदर्शन (तस्बिरहरू)

शान्ता आचार्य

१६, श्रावण २०७९
  • 1.5K
    SHARES

  • महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा एमालेको विरोध प्रदर्शन (तस्बिरहरू)

    काठमाडाै, नेकपा एमालेले जनसरोकारका विषयमा आज काठमाडौँमा आयोजना गरेको वृहत् जनप्रदर्शन कार्यक्रम भएको छ ।

    मुलुकमा महँगी, भ्रष्टाचार लगायतका गतिविधि बढेको भन्दै सोको विरोधमा राजधानीका विभिन्न स्थानबाट र्याली भएको हो ।जनप्रदर्शन आयोजक कमिटीका कृष्णगोपाल श्रेष्ठका अनुसार जनप्रदर्शन दिउँसो वसन्तपुरमा मिसिएर भित्री सहर प्याफल, नरदेवी,बाङ्गेमूढा,असन,भोटाहिटी हुँदै शान्तिबाटिकामा पुगेर समापन सभामा परिणत हुनेछन् ।

    सभालाई महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने एमाले नेता कृष्णगोपाल श्रेष्ठले जानकारि दिए । जन प्रदर्शनमा पार्टीका काठमाडौँका भूगोलका तीन जिल्ला, उपत्यका विशेष प्रदेश र त्यस अन्तर्गतका चार जिल्ला,सम्पर्क कमिटी,जनवर्गीय सङ्गठन, सांसदहरू,पार्टीको केन्द्रीय विभागको सहभागिता छ ।

    र्‍याली प्रदर्शनपछि जम्मा भएको भेलामा पार्टी महासचिव शंकर पोखरेलले सम्बोधन गरे भने बजारमा महँगी बढेपछि सर्वसाधारण नागरिकले दुःख पाएको बताउदै मूल्यबृद्धि नियन्त्रणमा सरकारलाई ध्यान दिन आग्रह गरे । मूल्य बृद्धिले नागरिकलाई समस्या परेको भन्दै त्यसमा ध्यान दिन उणले सरकारसँग आग्रह गरे ।

    प्रदर्शन कार्यक्रममा एमाले नेताहरु योेगेश भट्टराई, विशाल भट्टराई, लालबाबु पण्डित, शेरबहादुर तामाङ सहितका नेता तथा कार्यकर्ताको सहभागिता थिए । 

    No description available.

    No description available.

    No description available.

    222.jpg

    2222.jpg 22.jpg

    महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा एमालेको विरोध प्रदर्शन

    सोमवार, श्रावण १६ २०७९०४:४५:०५
    सम्बन्धित समाचार