बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

शान्तिश्री परियार र सारिकाको स्वर रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक

शान्तिश्री परियार र सारिकाको स्वर रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक

मेगा खबर संवाददाता

१५, श्रावण २०७९
  • 1.9K
    SHARES

  • शान्तिश्री परियार र सारिकाको स्वर रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक

    हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् ।

    मेसोमा नारायण रिजालको निर्देशन रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द,शान्तिश्री परियार र सारिका घिमिरेको स्वर,योगेशकाजीको संगीत तथा एरेञ्ज गीतमा छ । 

    गीतको भिडियोमा सात दिदीबहिनीको कथा बुनिएको छ । रोशन बुढाथोकीको कोरियोग्राफ रहेको भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे,रेनुका रिजाल,सुस्मिता लामा,संगीता श्रेष्ठ,आरती थापा मगर,सुस्मिता पौडेल, सपना रिमाल,माया थापा लगायत कलाकारको अभिनय तथा नृत्य रहेको छ ।

    ६० बढी कोरस प्रयोग गरिएको भिडियो राहुल राईको छायाङ्कन र विष्णु शर्माको सम्पादन छ । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीका यसअघि यतै घमाइलो उतै घमाइलो’बजाउँदै चुरा’तीजैमा व्रत बसी’ जस्ता तीज गीत ल्याएकी थिइन् । 

    आइतवार, श्रावण १५ २०७९०२:४५:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार