भारतले पहिलो टी–२० क्रिकेटमा घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ ।
राति तरौबाको ब्रायन लारा रङ्गशालामा भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो । भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।
भारतका रविचन्द्र आश्विन, रवि बिश्नोई र अर्शदिप सिंहले २२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन जोडेको थियो ।
भारतका कप्तान रोहित शर्माले ६४ रनको अर्धशतकीय पारी खेले । जितसँगै भारतले ५ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।