बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

खेलाडीमाथि कुटपिट गर्नेलाई कारवाही माग

खेलाडीमाथि कुटपिट गर्नेलाई कारवाही माग

मेगा खबर संवाददाता

११, भाद्र २०७७
  • 4.1K
    SHARES

  • खेलाडीमाथि कुटपिट गर्नेलाई कारवाही माग

    काठमाडौं । एथ्लेटिक्सका कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राष्ट्रिय खेलकुद् परिषद् (राखेप)ले आपत्ति जनाएको छ ।

    राखेपका उपाध्यक्ष शिव कोइरालाले आज विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएका आधारमा निर्घात कुटपिट घटनाका दोषीमाथि प्रचलित कानूूनबमोजिम हदैसम्मको कारवाही गर्न राज्यका सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।
     
    राखेप उपाध्यक्ष कोइरालाले पीडित खेलाडीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आवश्यक सहयोग राखेपबाट गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । यही भदौ ८ गते राति झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा दलित युवकलाई कुटपिटबाट जोगाउने क्रममा स्थानीयवासी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले जातीय विभेदयुक्त गालीगलोज गर्दै चन्द्रकला र उनका श्रीमान् सुमन खातीमाथि आक्रमण गरेका थिए  ।  
     
    लामगादेले आठौँ राष्ट्रिय खेलकूूद प्रतियोगितामा दुई स्वर्णपदक जितेका थिइन् । उनि नेपाल पुलिस एकेडेमीका खेलाडी हुन्। उनको अहिले झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । 

    बिहिवार, भाद्र ११ २०७७०२:१९:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार