एजेन्सी। मोस्ट वान्टेड अन्डरवर्ल्ड गुण्डा नाइके दाऊद इब्राहिमसँग आफ्नो नाम जोडेर आएपछि पाकिस्तानकी अभिनेत्री महविश हयात आक्रोशित बनेकी छिन् ।
उनले ट्वीटर मार्फत आफ्नो नाम दाउदसँग जोडिनु भारतीय मिडियाको अजेण्डा भएको बताईन्। भारतीय सञ्चारमाध्यमले चर्चामा आउनका लागि आफूलाई दाऊको प्रेमिका भन्दै आएको उनले बताइन्। अबदेखि अफवाह नफैलाउन उनले भारतीय मिडियालाई सचेत गराएकी छिन्।
ग्ल्यामर गर्लका नामले समेत चिनिने हयातले पाकिस्तान नागरिक पुरस्कारमध्येको एक तमगा ए इम्तियाज पाएकी थिइन्। ३७ वर्षीया हयातले आइडट डान्सबाट आफ्नो करिअरको शुरूआत गरेकी थिइन्। उनी गायिका समेत हुन्। उनी चर्चित कार्यक्रमको उद्घोषण पनि गर्दै आएकी छिन्।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।