बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

‘झिँगेदाउ’ को ‘आगो बिना बिँडी जल्दैन’ सामाजिक सञ्जाल टिकटमा भाइरल

‘झिँगेदाउ’ को ‘आगो बिना बिँडी जल्दैन’ सामाजिक सञ्जाल टिकटमा भाइरल

मेगा खबर संवाददाता

२६, आषाढ २०७९
  • 2.9K
    SHARES

  • ‘झिँगेदाउ’ को ‘आगो बिना बिँडी जल्दैन’ सामाजिक सञ्जाल टिकटमा भाइरल

    आगो बिना बिँडी जल्दैन’ फिल्म ‘झिँगेदाउ’ को गीत हो यो । केही दिन अगाडि सार्वजनिक यो गीत सामाजिक सञ्जाल टिकटमा भाइरल भएको छ ।

    गीतको टिकटकमा शनिबार नै ६० हजार बढी भिडियो बनेको निर्माण युनिटले जनाएको छ । केही दिनअगाडि राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा मुक्त उदासको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीतमा शान्तिश्री परियार र प्रविन बेडवालले स्वर छ । ‘

    संगीत निकै राम्रो भएको कारणले पनि गीतले टिकटकमा राम्रो प्रथामिकता पाएको हो’ फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले भने ‘गीतको प्रतिक्रिया समेत राम्रो आइरहेको छ । यो सकारात्मक प्रतिक्रिया फिल्म सफल हुने संकेत हो ।’ गीतले युट्युवमा ७ लाख बढी भ्युउज पाएको छ ।

    झिँगेदाउ’ मार्फत पुराना निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछि निर्देशनमा कमब्याक गरे । फिल्ममा केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा र कुशल विष्ट,  हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल लगायतका कलाकारको अभिनय छ । 

    कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ कथामा आधारित रहेर निर्माण भएको फिल्ममा प्रदीप भारद्वाजले लेखे । विष्णु घिमिरेको छायाङ्कन, मित्र डी। गुरुङको सम्पादन रहेको फिल्मका निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा रहेका छन् । फिल्म भदौ १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

    आइतवार, आषाढ २६ २०७९०१:४५:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार