काठमाडाै, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिएकी छन् ।
उनले प्रेमी राहुल मोक्तानसँग हिजो लगनगाँठो कसेकी छन् । गैरीधाराको सिल्भर ओके पार्टी प्यालेसमा उनको विवाह समारोह आयोजना भएको छ ।
उनले विवाह अगाडि सिल्भरमै रिसेप्सन पाटी दिएकी थिइन् । सदीक्षा र राहुलले नेवारी परम्परा अनुसार विवाह गरे । विवाह समारोहमा दुवैका नजिकका आफन्त साथीभाइको अलवा पूर्व मिस मलिना जोशी,सुगारिका केसीको सहभागिता थियो । राहुल र सदीक्षाले एक वर्षभन्दा लामो समयको प्रेम विवाहमा परिणत गरेका छन् ।
राहुल पेशाले जीम व्यवसायी हुन् । सदीक्षाले २०१० मा मिस नेपाल उपाधि जितेकी छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।