बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सीपीएलमा जमैका तलाबाजको अर्को हार, सन्दीपले भने दुई विकेट लिए 

सीपीएलमा जमैका तलाबाजको अर्को हार, सन्दीपले भने दुई विकेट लिए 

मेगा खबर संवाददाता

११, भाद्र २०७७
  • 1.4K
    SHARES

  • सीपीएलमा जमैका तलाबाजको अर्को हार, सन्दीपले भने दुई विकेट लिए 

    एजेन्सी। नेपालका क्रिकेटर सन्दीप लामिछानेको टीम जमैका तलाबाजले क्यारेबिन प्रिमियर लिग (सीपीएल)ले अर्को हार व्होरेको छ । आज बिहान भएको खेलमा जमैका बर्बाडोस ट्राइडेन्ससंग ३६ रनले पराजित भएको हो ।   सुरुवाती ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १ सय ४८ रन बनाएको थियो ।

     केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन जोडेपछि बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो । जमैकाका मुजिद उर रेहमानले ३ तथा सन्दीपले २ विकेट लिएका थिए । फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक९एक विकेट हात पारे । सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट हात पारेका थिए ।

     जारी सिजनमा उनको यो साँतौं विकेट हो । १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।  सन्दीपको टिम जमैकाले ५ खेलबाट २ खेलमा जित निकाल्दै ४ अंक जोडेको छ । उसले २ खेलमा जित र ३ खेलमा हार ब्यहोरेको छ ।

     

    बिहिवार, भाद्र ११ २०७७०८:५२:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार