बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम आज दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
उनले आर्थिक वर्ष २०७९८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।
बागमती प्रदेशसभाको यही असार १६ गते बसेको बैठकबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम सभामुखबाट सिफारिस ती विधेयकलाई प्रदेश प्रमुख शर्माबाट प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता समेत उपसचिव कृष्णप्रसाद आचार्यले बताए ।
आर्थिक वर्ष २०७९८० को सेवा र कार्यका लागि प्रदेश सञ्चितकोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेश सरकारलाई खर्च गर्न र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकले राजस्व सङ्कलनका लागि बाटो खोलेको प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत प्रकाश चापागाईँले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।