बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

एसीसी महिला टी–२० च्याम्पियनसिप : वर्षाले खेल प्रभावित हुँदा नेपाल सेमिफाइनलबाट बाहिरियो

एसीसी महिला टी–२० च्याम्पियनसिप : वर्षाले खेल प्रभावित हुँदा नेपाल सेमिफाइनलबाट बाहिरियो

मेगा खबर संवाददाता

१०, आषाढ २०७९
  • 2.3K
    SHARES

  • एसीसी महिला टी–२० च्याम्पियनसिप : वर्षाले खेल प्रभावित हुँदा नेपाल सेमिफाइनलबाट बाहिरियो

    एसीसी महिला टी–२० च्याम्पियनसिपमा पहिलो सेमिफाइनलको खेल वर्षाले प्रभावित भएको छ ।

    मलेसियाको किनरारा मैदानमा पानी परेपछि नेपाल र यूएईबीचको खेल हुन सकेन । फलतः समूहको उपविजेता नेपाल सेमिफाइनलबाट बाहिरिएको छ भने विजेता यूएई फाइनलमा पुगे ।

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको यूएईले नेपाललाई ८२ रनको लक्ष्य लक्ष्य दिएको थियो। यूएई १९ ओभर ५ बलमा ८१ रनमा समेटियो । यूएईकी वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् । त्यस्तै इशा रोहितले १५ र कप्तान छाया मुघलले १४ रन जोडिन् । नेपालकी अश्मिना कर्माचार्यले ५ विकेट लिइन् । उनी प्लेयर अफ दि म्याच भइन् । इन्दु बर्माले ३ र सीता रानामगरले २ विकेट लिइन् । 

    अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता मलेसिया र समूह ‘बी’ को विजेता हङकङबीचको खेल केहीबेरमा सुरु हुनेछ । फाइनल खेल भोलि हुनेछन् । फाइनल खेल भोलि हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्लादेश र थाइल्यान्ड रहेका छन् ।

    शुक्रवार, आषाढ १० २०७९१२:१४:२८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार