बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

  • 1.6K
    SHARES

  • बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा  प्रवेश

    काठमाडाै, नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    आज भएको खेलमा बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरे । मलेसियाको किनारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि सीता राना मगरले ४ रन बनाउँदा कविता जोशीले ३ रन बनाइन् ।

    बहराइनका लागि पावितार सेट्टी र भिटिका बारभोजाले एक–एक विकेट लिए । ब्याटिङ गरेको बहराइनले यसअघि ६ विकेट गुमाएर १४ रन बनाए । बहराइनका लागि इशारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । नेपालका लागि बलिङतर्फ कविता कुँवर र सबनम राईले दुई–दुई विकेट लिइन् ।

    अस्मिना कर्माचार्यले एक विकेट लिइन्  । जितसँगै नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

    सोमवार, आषाढ ६ २०७९१२:२८:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार